कला

नीतिकथा-प्रतियाेगिता

एकपटक देशकै गन्यमान्य चित्रकारहरुका बीचमा ठूलै धनराशी सहितको चित्र कोर्ने प्रतियोगिता भएछ । नाम चलेका चित्रकारहरु भएकोले सबैमा “मैं हुँ” भन्ने हल्का घमण्ड पनि देखिन्थ्यो । 

प्रतियोगिताको अन्तिम चरणमा दुई जना मात्र चित्रकारहरु बाँकी रहे । ती दुवै जनालाई “सर्पको चित्र सबैभन्दा छिटो र राम्रो कसले बनाउन सक्छ” उसले नै जित्ने कुराको जानकारी आयोजकले दियो ।

दुबै जनाले आफ्नो पूर्ण अनुभव अनि क्षमताको प्रदर्शन गर्दै सर्पको आकर्षक चित्र बनाउन थाले । दुबै जना चित्र बनाउन उतिकै माहिर पनि थिए ।

अन्ततः एकजनाले सर्पको चित्र बनाउन सिध्याए तर उसले त्यो चित्रलाई अझै आकर्षक बनाउने सोच्दै त्यो सर्पको चित्रमा खुट्टाहरु राख्ने बिचार गर्दै सुन्दर र आकर्षक खुट्टाहरु कोर्न थाले । ऊ सर्पको खुट्टा बनाई रहेकै समयमा दोस्रो चित्रकारले सर्पको आकर्षक चित्र बनाएर आयोजकलाई बुझाए । 

आयोजकले दोस्रो चित्रकारलाई प्रतियोगिताको बिजेता घोषित गरिदियो र चित्र बनाउँदै गरेको पहिलो चित्रकारको चित्र हेर्दै भन्न थाले, “चित्रकार महोदय, सर्पहरुको खुट्टा कहाँ हुन्छ र ? (चीनिया नीतिकथामा आधारित)

गाउँ सहर डेस्क

तपाईँको मत