अर्थतन्त्र

ग्रिनलाइफ हाइड्रोलाई ३५ करोडको आईपीओ निष्काशन अनुमति

काठमाडौँ । ग्रिनलाइफ हाइड्रोपावरले ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशनको लागि अनुमति दिएको हो ।

यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमा बिक्री नभएको १६ लाख ९६ हजार ४ सय कित्ता शेयर समेत सर्वसाधारणलाई निष्काशन गर्ने भएको हो।

कम्पनीको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। । सो आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको कूल लागत झण्डै ७ अर्ब पुग्ने अनुमान गरिएको छ ।

कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको ग्रिनलाईफ हाइड्रोपावरमा संस्थापक समूहतर्फ जारी पूँजीको ८० प्रतिशत अर्थात एक अर्ब ४४ करोड रुपैयाँ पूँजी चुक्ता भैसकेको छ ।

ग्रीनलाईफ हाइड्रोपावर २०६६ असोज ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपामा दर्ता भई २०७४ असार ९ गतेदेखि पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।

कम्पनीको शेयर निष्काशन ताथ बिक्री प्रबनधकमा बिओके क्यापिटल रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत