समाज

७२ लाख ठगी गरेको आरोपमा कलंकी मालपोतका नासु र शाखा अधिकृत पक्राउ

काठमाडौँ । ७२ लाख ठगी गरेको आरोपमा कलंकी मालपोतका नासु र शाखा अधिकृत पक्राउ परेका छन् । प्रहरीले मालपोत कार्यालय कलंकीमा नासु पदमा कार्यरत नारायण श्रेष्ठ र सोही कार्यालयका शाखा अधिकृत दिपक दाहाललाई पक्राउ गरेको हो । नासु र सुब्बालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ ।

नक्कली जग्गाधनी बनेर ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट ककनी गाउँपालिका ८ घर भएका श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका ४ बस्ने दाहाललाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

थानकोट ५ मा रहेको मीना खड्काको १ रोपनी ४ आना जग्गालाई उनी बेल्जियम रहेको बेलामा नक्कली जग्गाधनी, जग्गाधनी पुर्जा र नागरिकता देखाई जग्गा बिक्री गरेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत