स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ९९.६ प्रतिशतकाे स्वास्थ्य अबस्था सामान्य, २० लाख ८३ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५३ लाख ७४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ९८ लाख ४७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड ७३ लाख ५ हजार नाघेको छ भने मृतकको संख्या २० लाख ८३ हजार २०३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १२ हजार ३३७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ४९ लाख ९८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख १५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ४९ लाख ६८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९६ लाख १४ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ६ लाख ११ हजार ७१९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५२ हजार ९०६ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २ लाख ६५ हजार १६३ जना निको भएका छन् । सक्रिय केस १ लाख ९३ हजार ६५० मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८६ लाख ३९ हजार जना संक्रमितमध्ये ७५ लाख ६४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख १२ हजारभन्दा बढी छन् । हाल ८ लाख ६२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ६८ हजार ३१० जना पुगेका छन् भने २ लाख ६२ हजार ६४२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९७५ पुगेको छ भने ३ हजार ६९३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत