विश्व

ह्वाइट हाउसबाट बाईबाई ट्रम्प : आज रातिबाट पूर्व हुँदै, जेल जानसक्ने सम्भावना कति ?

काठमाडौँ । अमेरिकी इतिहासका उनी सबैभन्दा बढी विवादित राष्ट्रपति । पदमा रहँदा उनले एक दिनमा औषत १२ झूट दावी गरे । आफ्नो विवादित सोशियल मिडिया पोस्टको कारण ट्विटर र फेसबुकले ब्याण्ड गरिदियो । उनी यस्ता राष्ट्रपति जो चुनाव हारेपछि पनि हार मान्न तयार भएनन् । आजबाट उनी पूर्व हुँदैछन् ।

अमेरिकाका ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस छाड्दैछन । उनको स्थानमा ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडन १२ बजे अर्थात नेपाली समयानुसार राति १०ः४५ बजे शपथ लिँदैछन् ।

यहि परिवेशमा अब ट्रम्प कहाँ जान्छन् भनेर चर्चा सुरु भएको छ । उनीमाथि महाअभियोग चलिरहन्छ वा समाप्त हुन्छ ? राजनीतिमा के गर्लान् ? आफ्नो पार्टीमा कस्तो अवस्था रहला ? व्यापार के होला ? के जेल जालान् ? सामाजिक मिडियामा स्थान के होला ? आदि विषयले अहिले स्थान पाएको छ ।

ट्रम्प अन्या राष्ट्रपतिभन्दा थोरै अलग रहे । उनले प्रेसिडेन्ट अफिसको मापदण्ड पालना गरेनन् र चर्चामा आए । सन् १८६९ मा अमेरिकी राष्ट्रपति एंड्रयु जोनसनपछि ट्रम्प यस्ता पहिला राष्ट्रपति हुन जसले आफ्नो उत्तराधिकारीको शपद ग्रहणमा सहभागी हुने छैनन् । उनले घोषणा गरेका छन कि ह्वाइट हाउसबाट निस्किएपछि उनी फ्लोरिडाको एक क्लबमा रहनेछन् ।

उनीमाथि ६ जनवरीमा उस्काउने किसिमको भाषण दिएको कारण महाअभियोग चलिरहेको छ । यस्तै १५ जनवरीमा प्यू रिसर्च अनुसार, २४% भन्दा बढी मानिसहरुले उनलाई राजनीतिमा चाहेको तर ६८% ले नचाहेको उल्लेख गरेको छ । यसरी हेर्दा अबको उनको राजनीतिक कद कस्तो हुने आंकलन गर्न सहजै अनुमान गर्न सकिन्छ ।

राजनीतिमा सम्पतिको प्रयोगमा माहिर ट्रम्पले राजनीतिकै लागि परिवारको रियल स्टेट, होटल र गल्फको बिजनेसलाई प्रभावित गरेका छन् । यसबीचमा पनि उनले ब्राजिल, टर्की, फिलिपिन्स र भारत देशलाई खुसी पारे । न्यूयोर्क टाइम्सले खुलासा गर्दै भनेको छ- ट्रम्पले सन् २०१६ मा ७५० डलर करको रुपमा चुकाएका थिए । त्यसपछि उनले कुनै कर तिरेका छैनन् । उनीमाथि अहिले सबैको नजर परेको छ ।

उनलाई यौन शोषणको आरोप पनि लागेकै थियो । धोकाखडी, कानूनको उल्लंघनजस्ता मुद्धापनि चलिरहेकै छन् । धेरै मुद्धाले घेरिएका ट्रम्प जेल जानसक्ने सम्भावना रहेको पनि राजनीतिक पण्डितहरुले दावी गरिरहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत