स्वास्थ्य
४३ सय ६ काे पीसीआर परीक्षणमा ३२२ संक्रमित भेटिए, ६ जनाकाे मृत्यु, ३७४ जना संक्रमणमुक्त
- गाउँ सहर संवाददाता
- ५ माघ सोमबार, २०७७ | १६:२६:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर गरिएका ४३ सय ६ मध्ये ३२२ जनाको नतिजा पोजेटिभ आएको छ ।
नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६७ हजार ६ सय ४४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३७४ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६१ हजार आठ सय १८ पुगेको छ ।
हालसम्म क्वारेन्टिनमा २२१ जना छन् भने तीन हजार ८ सय ६१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस