स्वास्थ्य

संसारभर हाल काेराेना लागेका एक लाख १३ हजारकाे स्वास्थ्य अबस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५२ लाख ७० हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ८१ लाख ५५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड ५४ लाख ६४ हजार नाघेको छ भने मृतकको संख्या २० लाख ३९ हजार ८३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १३ हजार २२२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ४४ लाख ८० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ४४ लाख २८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९६ लाख ४५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ५ लाख ७२ हजार ६७२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५२ हजार ४५६ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २ लाख १० हजार ६९७ जना निको भएका छन् । सक्रिय केस २ लाख ९ हजार ५१९ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८४ लाख ८८ हजार जना संक्रमितमध्ये ७४ लाख ११ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ९ हजारभन्दा बढी छन् । हाल ८ लाख ६६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ६७ हजार ३२२ जना पुगेका छन् भने २ लाख ६१ हजार ४४४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९५९ पुगेको छ भने ३ हजार ९१९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत