स्वास्थ्य
देशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- २५ भदौ शनिबार, २०७९ | १५:१७:०० मा प्रकाशित

काठमाडाैं । देशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४३० पुगेको छ । यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन ।
यता, दुई दिनमा ४ लाख ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस