विश्व

कोरोना भ्याक्सिनको दोस्रो दिनः पहिलो दिनमा १.९१ लाखमा भ्याक्सिन, केवल १०० मा साइड इफेक्ट

  • एजेन्सी
  • ४ माघ आइतबार, २०७७ | १८:४८:०० मा प्रकाशित

नयाँ दिल्ली । संसारकै सबैभन्दा ठूलो भ्याक्सिन अभियान भारतमा शनिबारबाट सुरु भएको छ । कोरोनाविरुद्धको लडाईंलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले देशैभर भ्याक्सिनेशन ड्राइभको सुरुवात गरेका थिए ।

शनिबार भएको भ्याक्सिनेशनमा कुल १.९१ लख जनता सहभागी थिए । भ्याक्सिन लगाइएकामध्ये केवल १०० अर्थात ०.०५ प्रतिशतमा साइड इफेक्ट देखिएको समाचार माध्यमहरुले जनाएका छन् ।

भ्याक्सिनेशनको साइड इफेक्टमा दुखाई, चक्कर आउने, पसिना आउने र टाउको भारी हुने समस्या देखिएको थियो ।

एजेन्सी

तपाईँको मत