गाउँ सहर

मोरङमा भारतीय लरी दुर्घटनामा ३ बालबालिकाको मृत्यु, १ घाइते

विराटनगर । मोरङको बुढीगंगा सडकखण्डमा लरी पल्टिएर च्यापिँदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।

बुढीगंगा गाउँपालिका–४ का ज्योति अधिकारीको चार वर्षीया छोरी इसिता, छोरा निशान्त र सञ्जु खवासकी आठ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको छ । 

कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लरी शुक्रबार बिहान अधिकारीको घरनजिकै पल्टिएको थियो । लरी पल्टिएर च्यापिएका बालबालिकाको मृत्यु भएको मोरङका डीएसपी रंजनकुमार दाहालले जानकारी दिए । 
 

गाउँ सहर संवाददाता

तपाईँको मत