अर्थतन्त्र

क्युआर कोर्डमार्फत सवा १ अर्बको भुक्तानी

काठमाडौँ । क्युआर कोर्डमार्फत सवा १ अर्बको भुक्तानी भएको छ । मंसिर महिनामा क्युआर कोर्डमार्फत भुक्तानी रकम बढेर एक अर्ब २५ करोड ६० लाख पुगेको हो । कार्तिकसम्म ९३ करोड ९० रहेको उक्त कोर्डमार्फत भुक्तानी अहिले एक महिनामै ४३ प्रतिशले बढेको हो । आम उपभोक्ताहरूले वस्तु तथा सेवाको खरिदमा डिजिटल प्रविधिको प्रयोग बढाएका छन् । क्युआर कोर्डमार्फत अहिले दिनको १ लाख रुपैयाँ र महिनाको १० लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ ।

मंसिरमा उपभोग्य वस्तुको खरिदमा ३ लाख ४३ हजार ५ सयभन्दा बढी पटक क्युआर कोर्डको प्रयोग भएको छ । कात्तिकमा रकम भुक्तानीका लागि २ लाख ४१ हजार ८ सय पटक क्युआर कोडको प्रयोग भएको थियो । यो माध्यमबाट हुने भुक्तानी रकममा समेत कार्तिकको भन्दा मंसिरमा करिब ३४ प्रतिशतले वृद्धि भएको देखिन्छ । 
‘सजिलो, सहज र सुरक्षित भएकाले क्युआर कोर्डको प्रयोग बढेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताएका छन् । ‘पुसमा क्युआर कोर्डमार्फतको भुक्तानी अझ बढ्छ ,’उनले भने ‘आम उपभोक्ताको दैनिक बढी फ्लो हुने स्थान कालिमाटी तरकारी बजार र नक्सारमा कोर्ड लागू भइसकेको छ ।’

राष्ट्र बैंकले तरकारी बजारमा सानो रकमको कारोबार भए पनि उपभोक्ताको बढी पुग्ने हुँदा सबैलाई यो माध्यमसँग अव्यस्त बनाउन तरकारी बजार मार्फत अघि बढाएको हो । सो दिनबाट राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गरिने बताएको थियो । 

पुस १० गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नक्साल तरकारी बजारबाट क्युआर कोर्डको शुभारम्भ गरेका थिए । पछिल्लोपटक कालिमाटी तरकारी बजार लगायतमा समेत यस्तो भुक्तानी माध्यमको प्रयोग सुरु गरिएको छ । 

साथै बैंकहरूले आफ्नो क्यास काउन्टरमा आउनेलाई चेकको विकल्पमा समेत यस भुक्तानी प्रणालीको प्रयोग गर्न प्रेरित गरिरहेका छन् । यसले आम ग्राहकलाई पैसा झिक्नको लागि बैंकमा पुगेर लाइन वस्नु नपर्ने अवस्था सिर्जना गरेको छ । 

पछिल्ले समय कतिपय बैंकले क्युआर कोर्डको माध्यमबाट कारोबार गर्नेलाई छुट्टै डिजिटल काउन्टर नै खडा गरेका छन् । नक्साल तरकारी बजारमा क्युआर कोर्ड लागू गरेपछि सानिमा बैंकले छुट्टै डिजिटल काउन्टर राखेर सेवा दिइरहेको छ । बैंकले बैंकमा खाता नखोलेका ग्राहकलाई समेत यो सुविधा उपलब्ध गराउन खातावालाका आफ्ना नातेदार वा साथीलाई समेत क्युआर कोडको प्रयोग गर्ने सुविधा दिनसक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ  । 

खातावाला ग्राहक स्वयम् चेकमार्फत रकम झिक्न आउँदा कतिपय बैंकहरूले उनीहरूलाई क्युआर कोडको प्रयोग गरे लाइनमा बस्नु नपर्ने सुविधा दिइरहेका छन् । ग्राहकले मोबाइलबाट क्युआर कोड स्क्यान गरेर स्वीकृत गरेपछि बैंकको काउन्टरबाटै स्वीकृत गरे बराबरको नगद पाउने व्यवस्था मिलाएका छ । 

 क्युआर कोडको बारेमा जानी राखौँ 

यो डिजिटल बैकिङको सबैभन्दा सजिलो माध्यम हो । क्विक रेसपोन्स कोडको छोटकरी नाम हो क्युआर कोड । यो मुख्यतः दुई प्रकारको हुन्छ

१. डाइनामिक 

२.स्टाटिक 

डाइनामिक कोडमा भने तिर्नुपर्ने रकमसमेत उल्लेख भएर आउँछ र ग्राहकले रुजु गरेर पठाउन सक्छ । बारकोड (अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिने हरेक सामानमा बारकोड प्रयोग भएको हुन्छ) । सामानको नाम उल्लेख भएको अवस्थामा मात्र भुक्तानीका लागि डाइनामिक कोर्ड प्रयोग गर्न सकिन्छ । 

स्टाटिकमा कुनै व्यापारीले क्युआर कोडमार्फत भुक्तानी लिने गरेको छ भने खरिद गर्ने ग्राहकले क्युआर कोड स्क्यान गर्छ । कोड स्क्यान गरेपछि ग्राहकको मोबाइल स्क्रिनमा पसलेको नाम र बैंक खाता नम्बर देखिन्छ । सोही नम्बरमा ग्राहकले तिर्नुपर्ने रकम टाइप गरेर पिन नम्बर हालेपछि ग्राहकको खाताबाट पैसा जान्छ । पसलेलाई बैंकबाट स्टाटिक कोड बनाइ दिएको हुन्छ । 

गाउँ सहर डेस्क

तपाईँको मत