सिटिजन लाइफ धरान शाखाद्वारा बीमादाबी बापतकाे रकम भुक्तानीसँगै सचेतना कार्यक्रम
- गाउँ सहर संवाददाता
- २६ कार्तिक आइतबार, २०८० | १०:१४:०० मा प्रकाशित
.jpeg)
इटहरी । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाले बीमादाबी बापत सात लाख चौसट्ठी हजार रूपैयाँ भुक्तानी गरेको छ ।
शनिबार कम्पनीको छैठाैँ वार्षिकाेत्सवको अवसरमा इटहरीमा बिमा सचेतना र्यालीसँगै मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी बीमितकी श्रीमती रेवा राईलाई चेक हस्तान्तरण गरिएको हो ।
इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख राम बहादुर खत्रीलगायत धरान, इटहरी, तरहरा, बिराटचाेक र पथरी शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा बीमितको श्रीमती राईलाई चेक हस्तान्तरण गरिएको हो ।
भावनात्मक क्षतिलाई पुरा गर्न नसकेतापनि आर्थिक क्षतिलाई भने बीमाले ठूलो राहत पुर्याउने तथा बीमाबापत प्राप्त भुक्तानीले आश्रित परिवारका सदस्यहरुको जीवनयापन र सन्ततिहरुको शिक्षादिक्षा, सामाजिक कार्य गर्न बीमाले महत्वपूर्ण भूमिका खेल्ने विषयमा धरान शाखा प्रमुख खगेन्द्र तोलाङ्गले बताए ।
विश्वका सम्पूर्ण भौतिक चिजहरु हामीलाई जुन बेला आवश्यक पर्छ त्यहीबेला किन्न सकिन्छ तर बीमा त्यसतो चिज हो जुन आवश्यक परेको बेला किन्छुभन्दा नपाउन सकिन्छ, त्यसैले आजै बीमा गर्नुपर्ने प्रदेश प्रमुख खत्रीकाे भनाइ थियाे ।
इटहरी –२० तरहरा निवासी स्वर्गीय मेघराज राईले सिटिजन शुभारम्भ बीमा योजनामा आफ्नो श्रीमती राईलाई हकवाला रहने गरी तीन लाख पचास हजारको १५ वर्षे जीवनबीमा गरि दोश्रो किस्ता बुझाएका थिए ।
स्वर्गीय राई आफ्नो कामको शिलशिलामा भारत जाने क्रममा बिराटनगरमा दुर्घटनामा परि भाद्र १९ गते निधन भएका थिए ।
कम्पनीको छैठाैँ वार्षिकाेत्सवको अवसरमा धरान शाखाले इटहरीमा बिमा सचेतना र्याली निकालेकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस