‘मनसँग मन’ चैत्र २७ मा प्रदर्शनमा आउने
- गाउँ सहर डेस्क
- २ माघ शुक्रबार, २०७७ | ११:४३:०० मा प्रकाशित
काठमाडौँ । फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगमी चैत्र २७ गतेलाई तोकेको छ । नयाँ वर्षको नजिक पारेर फिल्म रिलिज गर्न लागिएको निर्माण युनिटले जनाएको छ ।
प्रदर्शन मितिसँगै फिल्मको ‘मेरो त भाग्य’ बोलको गीत समेत सार्वजनिक गरिएको छ । जसमा डेभिड शंकर र भावना थापाको स्वर, दीपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ ।
सौरभ लामाको छायाँकन रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ । गीतमा फिल्मका मुख्य कलाकार पुष्प खड्का, वर्षा सिवाकोटीको नृत्य देख्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा भिडियोमा पल शाह र पूजा शमा समेत अटाएका छन् । गीतमा बुद्दि तामाङ र रविन्द्र झा समेतलाई देख्न सकिन्छ ।
पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको फिल्म कैलाश राइले निर्देशन गरेका हुन् । अरुण तामाङ निर्माता रहेको फिल्मलाई सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टले प्रस्तुत गरेको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस