स्वास्थ्य

नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९ सय नाघ्याे, थप ४१२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९ सय नाघेकाे छ । पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९०३ पुगेको छ । 

 

पछिल्लो २४ घण्टामा ४१२ कोरोना संक्रमित थपिएका छन् । ५ हजार १३२ जनाको पीसीआर परीक्षण गर्दा ४१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ४८३ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ । 

मन्त्रालयका अनुसार ५ हजार ५८ जना आइसोलेसनमा छन् । ३४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण गरिएको

गाउँ सहर संवाददाता

तपाईँको मत