गाउँ सहर

बिहान उठ्नसाथ यी कुरा देखे शास्त्र अनुसार शुभ संकेत

शास्त्रमा कुन समयमा के गर्न हुने नहुने भन्ने बारेमा शुभ-अशुभकाे रूपमा व्याख्या गरेकाे पाइन्छ । बिहान उठ्नासाथ देखिने, सुनिने कुराले दिनकाे शुभ-अशुभ संकेत गर्दछ भन्ने व्याख्या गरेकाे पाइन्छ । 

बिहान उठ्नासाथ आफ्ना हत्केलाको दर्शन गर्नुस् । अनि हत्केलालाई आपसमा रगड्नुस् र अनुहारमा लगाउनुस् । शास्त्र अनुसार उठ्ने वित्तिकै आफ्नो अनुहार ऐनामा हेर्नु अशुभ मानिन्छ । यसले दिनभरी नकारात्मक उर्जा पैदा गर्ने शास्त्रमा उल्लेख छ ।

बिहान हुने यस्ता शुभ संकेतले तपाइँको भविष्यमा के हुने छ भन्ने जानकारी समेत दिन्छन् ।

  • बिहान आँखा खुल्ना साथ पहिलो नजरमै दुध वा दही भरिएको भाँडो देखियो भने दिन शुभ हुने संकेत दिन्छ ।
  • बिहान निद्रा खुलेपछी पहिलो आवाजकोरुपमा मन्दिरको घण्टी वा भजन किर्तन सुनियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ । तर नियमित मन्दिरको नजिक बस्नेका लागि यो कुरा लागु नहुन सक्छ ।
  • बिहान उखु देखियो भने पनि आर्थिक अवस्था सुधार हुने शुभ संकेत मिल्छ ।
  • बिहान उठ्नासाथ श्रृंगार गरेकी सुन्दरी महिला तपाइँको नजरमा परिन् भने दिन सुखद् हुने संकेत दिन्छ ।
  • बिहान नरिवल, हाँस, शंख देख्नु पनि शौभाग्यको प्रतिक मानिन्छ ।
  • घरबाट निस्किने बेला सेतो गाइ देखियो भने पनि यसले तपाइँको दिन शुभ हुने संकेत दिन्छ ।
  • बिहानको सपनामा सेतो वा स्वर्ण सर्प देखियो भने पनि तपाइँको घरमा पैसा आउने संकेत दिन्छ ।
  • यात्रामा जाने समयमा विहानै बाँदर, कुकुर वा सर्प वा कुनै पंछी देखियो भने यात्रा सुखद् हुने संकेत गर्छ ।
  • बिहानीपख देखिने सपनामा हरियाली, उल्लु वा पानी देखियो भने बुझ्नुस् तपाइँको भाग्य छिटै चम्किँदैछ ।

 

गाउँ सहर डेस्क

तपाईँको मत