सेवा

कोभिड १९ संक्रमण पश्चात विद्यालयमा सम्पन्न पहिलो रक्तदान कार्यक्रम

काठमाडौँ । समृद्धि स्कुल बालाजुको क्लब २५, समृद्धि च्याप्टर, चःमति नेवाः खलः र किलाघः त्वा मिसा पुचः को संयुक्त आयोजनामा आज समृद्धि स्कुल बालाजुमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा संलग्न रेडक्रस प्रतिनिधिका अनुसार कोभिड १९ को संक्रमण पश्चात विद्यालयमा सम्पन्न भएको यो पहिलो रक्तदान कार्यक्रम हो । उक्त कार्यक्रममा ७३ जना विद्यार्थी, अभिभावक तथा स्थानीय दाताहरूले रक्तदान गरेका थिए । 

समृद्धि स्कुल बालाजुको क्लब २५ का विद्यार्थीहरूले व्यवस्थापन गरेको उक्त कार्यक्रममा रक्तदाताहरू तथा सहयोगी संस्थाहरूलाई समृद्धि स्कुलका सि.ई.ओ/प्रिन्सीपल नरेशप्रसाद श्रेष्ठ, चःमति नेवाः खलःका अध्यक्ष पुर्णकाजी ज्यापुलगायतले प्रमाणपत्र वितरण गरेका थिए । 

उक्त समाहरोहमा सि.ई.ओ/प्रिन्सीपल श्रेष्ठले युवाहरूलाई स्वच्छ र स्वस्थ जिवनशैली अपनाई रक्तदानको माध्यमबाट मानवसेवा तथा जीवनदान गर्न सघाउने उद्देश्यले विश्व स्वास्थ संगठन (डब्लु.एच.ओ.) ले क्लब २५ को अवधारणा ल्याएको जानकारी विद्यार्थी तथा स्वयंसेवकहरूलाई गराएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत