सेवा

प्राइम कमर्सियल बैंकको तर्फबाट भूकम्प पीडितहरुको तत्काल राहत र रक्तदान

काठमाडाैँ । प्राइम कमर्सियल बैंकले मिति २०८० साल कार्तिक १७ गते,  शुक्रवार, राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५,५१,०००।०० अक्षरेपि पच्चीस लाख एकाउन्न हजार आर्थिक सहयोग उपलब्ध गराएकाे छ ।

उसले विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनापनि गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत