गाउँ सहर

राईजिङ्ग स्टार युथ क्लवकाे रक्तदानमा ८२ युनिट रगत संकलन 

लेखनाथ । पोखरा २७ को रिठेपानीमा  रहेकाे राईजिङ्ग स्टार युथ क्लवले राखेको  रक्तदानमा ८२ युनिट रगत संकलन भएको छ ।

रगतको अभावलाई केही हदसम्ममा भए पनि कमि गर्ने उदेस्यले  भएको रक्तदानमा स्वतस्फुर्त रुपमा ८२ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा पहिलो रक्तदाता  सूर्य भट्टराई लाई बल्ड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले समाजमा सकरात्मक सन्देस दिने गरि दुई सस्थाको सहकार्यमा मानिसको शरिरबाट तीन ÷तीन महिनामा खेर जाने रगतलाई रक्तदानको कार्यक्रम मार्फत संकलनु गर्नु राम्रो र उदाहरणीय काम भएको धारणा राखेका थिए ।

संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन राईजिङ्ग स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत