सेवा
प्राइम कमर्सियल बैंक लि.को रक्तदान कार्यक्रम
- गाउँ सहर संवाददाता
- ७ असोज आइतबार, २०८० | २१:१५:०० मा प्रकाशित
काठमाडाैँ । प्राइम कमर्सियल बैंक लि.ले आफ्नो १७ (सत्रौं) वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासंगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम आयोजन गरेको थियो ।
आज सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साहप्रद सहभागिता रहेको थियो । उक्त रक्तदान कार्यक्रममा कूल ५१ जना रक्तदाताले रक्तदान गरी कार्यक्रम सफल पारे ।
उक्त कार्यक्रममा उपस्थित भई रक्तदान गरी कार्यक्रमलाई सफल तुल्याउने रक्तदाता कर्मचारी तथा शुभेच्छुक सहभागीहरुलाई सम्मान स्वरुप बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले प्रशंसा पत्र प्रदान गर्दै भविष्यमा पनि यस्तै सहयोग पाउने आशा गरी हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले पाकिस्तानविरुद्ध खेल्दै
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ
- बाला चतुर्दशीमा पशुपतिमा आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषले शुल्क लिएर बालिदिने व्यवस्था
- एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश
- एनसेल प्रकरणमा समिति बन्यो ठिक हुन्छ भन्ने अवस्था छैन, सशक्त खबरदारी आवश्यक छ : थापा
- ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त
- प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न
- साताको कारोबारको अन्तिम दिन आज नेप्से दोहोरो अंकले बढेर बन्द
- एनसेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन, ३० दिनको कार्यादेश
- पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने
प्रतिकृया दिनुहोस