स्वास्थ्य

काेराेना संक्रमितमध्ये ५ कराेड ९३ लाख संक्रमणमुक्त, १८ लाख २५ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २६ लाख ५९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ९३ लाख २४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड ३८ लाख ९ हजार नाघेको छ भने मृतकको संख्या १८ लाख २५ हजार ७८० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ३८८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ४ लाख ४५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ५४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड २१ लाख २५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७९ लाख ६५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २ लाख ८६ हजार ३२९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४९ हजार १८ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९८ लाख ८१ हजार ७८६ जना निको भएका छन् । सक्रिय केस २ लाख ५५ हजार ५२५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७६ लाख ७५ हजार जना संक्रमितमध्ये ६७ लाख ४७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९४ हजारभन्दा बढी छन् । हाल ७ लाख ३३ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ६० हजार ५९३ जना पुगेका छन् भने २ लाख ५२ हजार ३५९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८५६ पुगेको छ भने ६ हजार ३७८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत