अर्थतन्त्र

निर्माण सामग्रीको मूल्य ३५ प्रतिशतले वृद्धि 

काठमाडौँ । निर्माण सामग्रीको मूल्य ३५ प्रतिशतले वृद्धि भएको भएको छ ।  राष्ट्र बैंकको तथ्यांकले गत आवदेखि नै मूल्यवृद्धि कम हुँदै गएको देखाएपनि निर्माण सामग्रीको मूल्य भने ३० देखि ३५ प्रतिशतसम्म बढेको लगानीकर्ताले गुनासो गरेका हुन्  । लगानीकर्ताहरूले कोभिडकैबीचमा खास गरी जलविद्युत  आयोजनामा प्रयोग हुने निर्माण सामग्रीको मूल्य बढेको बताएका छन् । 

पछिल्लो समय डण्डी लगायत जलविद्युतमा प्रयोग हुने एल्युमिनियम, कपरको मूल्य सो रेसियोमा बढेको उद्यमी तथा बैकर मोतिलाल दुगडले बताएका छन् । यसले उत्पादन लागत बढ्न गएको उनी बताउँछन् ।

उनले भने — महामारीले रोकएका आयोजनको काम सुचारु गरिए पनि अहिले भाउ बढेर अच्चाक्ली भएको छ । ‘यसरी भाउ बढ्दा आयोजनाको लागतसम्म बढ्न गएको छ । ६५ रुपैयाँ प्रतिकेजीमा पाइने डण्डीको मूल्य बढेर ८५ रुपैयाँ पुगेको छ । एल्युमिनियम र कपर पनि त्यतिकै मह्गो भएका छन् ।

अहिले सिमेन्टको मूल्य स्थिर रहेपनि कोइलाको मूल्य बढेका कारणले फेरि सिमेन्टको भाउ पनि बढ्ने देखिएको उनले बताए । यसले गर्दा आयोजनाको कुल खर्च २ देखि ४ प्रतिशतसम्मले बढ्न जाने देखिएको उनले बताएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत