स्वास्थ्य

भारतमा देखियो नयाँ स्वरुपको कोरोना भाइरस

एजेन्सी । भारतमा देखियो नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण देखिएको छ । तीव्र गतिमा संक्रमण फैलिने नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भारतमा पनि पुष्टि भएको हो ।

बेलायतमा पहिलो पटक देखिएको परिवर्तित कोरोना भाइरसको संक्रमण युरोप, उत्तर अमेरिका हुँदै भारतमा पुष्टि भएको छ ।

भारतमा ६ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बेलायतबाट फर्किएका ६ जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण देखिएको र उनीहरुलाई आइसोलेशनमा राखिएको स्थानीय अधिकारीले बताएका छन् । नयाँ स्वरुपको कोरोना भाइरस तीव्र गतिमा फैलिने भए पनि यो भाइरस अघिल्लो भन्दा घातक नभएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म एक करोड दुई लाख २४ हजार भन्दा बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म कोभिड–१९ का कारण एक लाख ४८ हजार भन्दा बढि भारतीयले ज्यान गुमाइसकेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत