गाउँ सहर

सशस्त्र प्रहरीमा डिआईजी बढुवाको प्रक्रिया शुरु

काठमाडौँ । सशस्त्र प्रहरी बलमा डिआइजीका सात रिक्त पदमा बढुवाको प्रक्रिया शुरु भएको छ । बढुवामा एक दर्जन बढि एसएसपि प्रतिस्पर्धामा छन् । यसपटक डिआइजीमा बढुवा हुने केही अधिकारी पछि नेतृत्वमा समेत पुग्न सक्ने भएकाले पनि प्रतिस्पर्धा तिव्र छ । 

लेखा स्टोरमा आगलागी हुँदा छानबिनमा तानिएका अभिकुमार खत्री पहिलो नम्बरमा बढुवा हुने दाउमा छन् । हाल ६ नम्बर महेश्वरी बाहिनीमा निमित्त बाहिनीपति रहेका उनि संगठनको हित भन्दा बढि कमाउ धन्दामा ब्यस्त रहेको मातहत गणका अधिकृतहरु बताउँछन् ।

बढुवा हुने लाइनमा रहेका एसएसपि कृष्णराज पाठक कमाण्डमा कमजोर अधिकृत मानिन्छन् । एसएपी गणेश ठाडा मगरले त पटक पटक कारबाही भोगिसकेका छन् । कहिले पुर्व राजा ज्ञानेन्द्र त कहिले अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प माथि सामाजिक संजालमा बिबादास्पद पोस्ट गरेकोमा कारबाहीमा परेका थिए ।

बढुवाको प्रतिस्पर्धामा खत्री, ठाडामगर, पाठकसहित शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई, कमल गिरी, कुलबहादुर नेम्वाङ, कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह रहेका छन् ।

बढुवा सिफारिस समितिले गत साता नै एकसाताभित्र बढुवाका आकांक्षीहरुलाई शैक्षिक प्रमाणपत्र लगायतको कागजपत्र बुझाउन सूचना प्रकाशन गरिसकेको छ ।

गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले बढुवाको सिफारिस गर्नेछ । न्यौपानेलाई कोरोना संक्रमण भएकाले बढुवा समिति बैठक बस्न सकेको थिएन । न्यौपाने कोरोनामुक्त भइसकेको जनाइएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत