अर्थतन्त्र

प्रभु लाइफको आईपीओ बाँँडफाँड सकियो, ५ लाख बढीको हात खाली

काठमाडौँ । प्रभु लाइफको आईपीओ बाँँडफाँड सकिएको छ । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधरणमा निष्कासन गरेको प्राथमिक शेयर ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले पाएका छन् । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा बिहान ११ बजे शेयर बाँडफाँड गरिएको हो।

कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन गरेकोमा २ हजार १६९ आवेदन रद्य भएका थिए । सदर आवेदन १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट उक्त शेयर वितरण गरिएको हो ।

कम्पनीको शेयरमा आवेदन गरेका ५ लाख ११ हजार २१६ जनाले शेयर पाउन सकेनन् । जसमा २ हजार १६९ आवेदन रद्य भएका थिए । आवेदन सदर भएका ५ लाख ९ हजार ४७ जनाले कम्पनीको आईपीओ पाउन सकेनन् ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३—३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

आईपीओ बाँडफाँड भएपसँगै प्रभु लाइफको चुक्ता पूँजी दुई अर्ब पुगेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत