अर्थतन्त्र

उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौँ।  बिहीबार सुनचाँदीकाे मूल्य उकालाे लागेकाे छ । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको हाे । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो । चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो ।

चाँदी बुधबारका तुलनामा आज प्रतितोला रु १५ ले वृद्धि भएको महासंघले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत