खेल

‘बी’ डिभिजन लिग फुटबल पुनः सञ्चालन गर्ने

काठमाडौँ। ‘बी’ डिभिजन लिग फुटबल पुन सञ्चालन गर्ने  भएकाे छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको हाे । एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

नौ महिनाअघि बीचमै रोकिएको लिगलाई एन्फाको लिग कमिटीले पुनःसञ्चालन गर्ने निर्णय गरेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिएका छन् । “कोरोनाको असर केही कम भएकाले क्लबसितको छलफलपछि लिग पुनःसञ्चालन गर्ने निर्णय गरेका हौँ”, उनले भने । लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिने शेर्पाले उल्लेख गरे ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले ‘बी’ डिभिजनमा रहेका क्लबलाई प्रतिक्लब रु दुई लाखका दरले सहयोग उपलब्ध गराइने जानकारी दिए । लिगअघि सबै खेलाडीको कोरोना परीक्षण गरिनेछ । कोरोनाका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन गरिएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत