गाउँ सहर

बेगनासताल नजिक होटल मकाउ सञ्चालनमा

पाेखरा । तालको बाटिका शहर लेखनाथको बेगनासताल नजिकै सुविधा सम्पन्न र गुणस्तरीय सेवाका साथ  होटल मकाउ संचालनमा आएको छ । होटल व्यवस्थापनले शनिवार पत्रकार भेटघाट कार्यक्रममा  आफ्रना विस्तारित सेवाका बारेमा जानकारी दिएको हो ।

होटलका प्रोप्राईटर रामप्रसाद गुरुङ किसानले होटलका सबै कोठामा चिसोतातोपानी, सहितका डिलक्स, सुपर डिलक्स, कोरियन, बाथटप र ज्याकुजी गरेर जम्मा २६ वटा रूमहरू रहेका बताए ।

रेष्टुरेन्ट, बार, लिफ्ट, हल र प्रर्याप्त पार्किङ लगायतका सुविधाहरू उपलब्ध यस होटलको पाँचौ तलामा ग्राहकहरूको लागि ब्रेकफास्ट र रात्री डिनरको लागि रूफटप, पार्टी र मिटिङको लागि हलको समेत व्यवस्था गरिएको छ ।

होटल मकाउको छतबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, बेगनासताल, वरपरको हरियाली र आर्कषक गाँउहरू प्रष्टरूपमा देख्न सकिन्छ । स्वदेश तथा विदेशबाट आउने पर्यटकहरूका लागि शान्त र पारिवारिक वातावरणमा स्तरीय आतिथ्यता प्रदान गर्दै उनीहरूको मन जित्न मकाउ सफल भएको उनले दावी गरे ।

तीन दशक भन्दाबढी ताईवान, कोरिया र हङकङमा श्रीमती पानकुमारी गुरुङका साथ बसेर त्यहाँ आर्जेको सिप र रकमलाई नेपालमै लगानी गर्ने र होटल व्यवसायमा केही राम्रो र फरक गर्ने सोंचका साथ कोरोनाको समयमा सपरिवार स्वदेश फर्केर होटल मकाउ सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

विदेश बसाईमा आफुले देखेको प्रविधि, सर्भिस र अनुभवलाई आत्मसाथ गरी होटलका सबै रूमहरूलाई फरक सुविधा सम्पन्न, आर्कषक र स्तरीय बनाउन बेड, बाथरूम, कलर लगायत सबै विशेष सामानहरूको प्रयोग गरी करीब १३ करोड लगानी गरेको उनले बताए ।

होटलमा रूमको स्तर अनुसार २५०० देखि ७००० सम्मका रूमहरू रहेका  होटलले नयाँ बर्ष, दशै, तिहार लगायतका विशेष अवसरमा ग्राहकहरूलाई १५ प्रतिशतसम्म छुट दिने गरेको छ साथै जन्मदिन बिशेष र म्यारिज एनिभर्सरी बिशेष रहेका ग्राहकहरूको लागि होटलले निःशुल्क केक उपहार प्रदान गर्दै आएको छ । करीब तिन रोपनी क्षेत्रफलमा संचालन भएको होटलमा १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलमा आर्कषक रेष्टुरेन्ट र बारको पनि व्यवस्था गरिएको छ भने ग्राहकहरूको अर्डर अनुसारका स्वादिष्ट, फ्रेस र ताजा खाना, खाजा र ग्रिल फिसको समेत व्यवस्था गरिएको छ ।

लेखनाथको बेगनासताल, रूपाताल क्षेत्रमा आउने पर्यटकहरूलाई लक्षित गरी संचालनमा ल्याईएको मकाउ पोखरा महानगर पालिका वडा नं ३१ बेगनास ताल नजिकै नहरचोकमा रहेको छ । ग्राहकको सेवा, सुरक्षा र सन्तुष्टी नै पहिलो लक्ष्य राखेर सञ्चालनमा रहेको मकाउले नेपालका चर्चित कलाकार, गायक, गायिका, सफल व्यवसायी, नेता लगायतका विशिष्ट व्यक्तिहरूलाई समेत आतिथ्यता प्रदान गरिसकेको छ । पृथ्वी राजमार्गको नजिकै  तालचोकबाट बेगनासतालतर्फ आउने क्रममा बाटोमा पर्ने मकाउ यस क्षेत्रमा पर्यटकहरूको रोजाईमा पर्ने अपेक्षा उनले गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत