शिक्षा

३४४ विद्यार्थी अपहरण मुक्त 

एजेन्सी। नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका छन् । विद्यार्थी मुक्त भएको सो राज्यका गभर्नर अमिनु मासारीले जानकारी दिएका छन् । । यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ ।

अपहरण मुक्त भएका प्रायः विद्यार्थीहरु केटा भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताएको छ । हाल ती विद्यार्थिहरु कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताए ।

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण गरी बन्दुकधारी समूहले अपहरण गरेका थिए । 

गाउँ सहर डेस्क

तपाईँको मत