स्वास्थ्य

विश्वभर काेराेनाका गम्भीर बिरामीकाे दर बढ्दै, १६ लाख ४१ हजारकाे मृत्यु,

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ३ लाख ४७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड १८ लाख १३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७ करोड ३८ लाख ३ हजार नाघेको छ भने मृतकको संख्या १६ लाख ४१ हजार ४४० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १७ हजार ८७७ जनाको अवस्था गम्भीर छ । 

अमेरिका, भारत र ब्राजिल गरि विश्वभर संक्रमित संख्यामध्ये ४६ प्रतिशभन्दा बढि छन् ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ७१ लाख ४३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ११ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख २४ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९९ लाख ३२ हजार ९०८ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४४ हजार १३० जनाको ज्यान गइसकेको छ । जसमध्ये ९४ लाख ५५ हजार ७९३ जना निको भएका छन् । सक्रिय केस ३ लाख ३२ हजार ९८५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६९ लाख ७४ हजार जना संक्रमितमध्ये ६० लाख ६७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ८२ हजारभन्दा बढी छन् । हाल ७ लाख २३ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५० हजार १८० जना पुगेका छन् भने २ लाख ३८ हजार ५६९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ७३० पुगेको छ भने ९ हजार ८८१ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत