स्वास्थ्य

वन्यजन्तुमा कोरोना भाइरस संक्रमण पुष्टि

एजेन्सी । वन्यजन्तुमा कोरोना भाइरसको संक्रमण भएको घटना अमेरिकामा पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले सोमबार मिंक नामक स्तनधारीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।

अमेरिकामा घरमा पालिएका १५ हजार भन्दा धेरै मिंकको गएको अगस्ट यता मृत्यु भएको छ । यसले मिंकमा कोरोना भाइरसको संक्रमण फैलिएको हुन सक्ने आशंका थप बढाएको एजेन्सीले बताएको छ ।

गत महिना डेमार्कले पालिएका एक करोड ७० लाख भन्दा धेरै मिंक नष्ट गर्ने योजना सार्वजनिक गरेको थियो । मिंकमा रहेको कोरोना भाइरस मानिसमा सर्न सक्ने डर रहेको भन्दै नष्ट गर्ने योजना ल्याएको थियो । मिंकसँगै अरु विभिन्न वन्यजन्तुमा समेत कोरोना भाइरसको परीक्षण गरिएको थियो । तर अरु सबैमा कोरोना भाइरसको संक्रमण देखिएन ।

गाउँ सहर डेस्क

तपाईँको मत