सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- गाउँ सहर संवाददाता
- १३ बैशाख बिहीबार, २०८१ | १३:१२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं र ललितपुरको उत्तरपुस्तिका परीक्षण केन्द्रका शिक्षकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेका छन् ।
उत्तरपुस्तिका परीक्षण सुरु नहुँदै पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले परीक्षण केन्द्रमा ताला लगाएका थिए ।
विभिन्न शिक्षक संगठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया अगाडि बढाएको भन्दै परीक्षण तत्काल सुरु गर्न निर्देशन दिएपछि सुरु भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने ‘उहाँहरूको माग जायज छ, हामीले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरेका छौं ।’
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले पनि उत्तरपुस्तिका परीक्षण प्रक्रिया सुरु भएको जानकारी गराए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस