समाज

बसले ठक्कर दिंदा बालिकाको ज्यान गयो 

बझाङ । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बालिकालाई बसले ठक्कर दिएको हो ।

चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख १७९५ नंम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका बताए । चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत