समाज

अज्ञात समूहद्वारा चार लाख रुपैयाँ  लुटियो

सिरहा । सिरहामा अज्ञात समूहद्वारा चार लाख रुपैयाँ लुटपाट भएकाे छ । लहान नगरपालिका १९ कटहा चोकबाट सोही नगरपालिका २३ बस्ने जागेश्वर यादवको नगद ४ लाख रुपैयाँ लुटपाट भएको हो ।

जन उत्थान लघुवित्त संस्था लहानबाट उक्त नगद निकाली साइकलमा घरतर्फ जाँदै गरेको अवस्थामा यादवलाई नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले नगद लुटेर फरार भएको बताइएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको छ ।  

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत