अर्थतन्त्र

पेट्रोलियम पदार्थको चुहावट बढेपछि सिआइबीद्वारा अनुसन्धान सुरु

बारा । सिआइबीद्वारा अमलेखगञ्ज डिपोमा अनुसन्धान सुरु गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी)ले बारास्थित प्रदेशस्तरीय अमलेखगञ्ज डिपोमा अनुसन्धान सुरु गरेको हो । आयल निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्न टयांकरमा लकिङ प्रणाली जडान गरे पनि चुहावट नरोकिएपछि सिआइबीले अनुुसन्धान सुुरु गरेको जनाएको छ ।

सिआइबीका प्रमुख डिआइजी सहकुल थापाले पेट्रोलियम पदार्थको चोरीको अवस्था भयावह रहेकाले सिआइबीले गम्भीर रुपमा अनुसन्धान गर्ने बताएका छन् । थानकोट डिपोमा दुई वटा टयांकरमा फल्ट बटम प्रयोग गरेर पेट्रोलियम पदार्थको चोरीको घटना भएपछि सिआइबीले देशैभरका निगमका डिपोहरुमा अनुसन्धान सुरु गरेको उनले बताए ।

सिआइबीले प्रादेशिक डिपो अमलेखगञ्जका पेट्रोलियम पदार्थ बोक्ने टयांकरहरुको लकिङ र फिटिङ चेकजाँच गरेको प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख भरत रेग्मीले बताएका छन् ।

पेट्रोलियम पदार्थमा हुने मिसावट र चुहावट रोक्न निगमले दुई वर्षअघि टयांकरमा लकिङ प्रणाली जडान गरेको हो । तर, चालक र सहचालकले विभिन्न उपाय अपनाएर पेट्रोलियम पदार्थ चोरी गर्न थालेपछि लकिङ प्रणालीको प्रभावकारिता माथि नै प्रश्न उठेको छ । भारतको बरौनीबाट २० हजार लिटर डिजल,पेट्रोल लोड गरिएको टयांकरबाट अमलेखगञ्जमा (खन्याउँदा) १०० देखि सवा सय लिटरसम्म कम हुने गरेको प्रमुख रेग्मीले बताए ।

गाउँ सहर डेस्क

तपाईँको मत