विदेशमा अलपत्र परे उजुरी गर्नु : वैदेशिक रोजगार विभाग
- गाउँ सहर डेस्क
- २४ मङ्सिर बुधबार, २०७७ | १५:५४:०० मा प्रकाशित

काठमाडौं । विदेशमा अलपत्र परेका कामदारले उजुरी गर्न विभागले आग्रह गरेको छ । भिजिट भिषामा गएका वा गएर अलपत्र परेकालाई वैदेशिक रोजगार विभागले उजुरी गर्न आग्रह गरेको हो । पछिल्लो समय विभिन्न म्यानपावरले खाडी लगायत अन्य मुलुकमा वैदेशिक रोजगारको लागि पठाइदिने भनी राहदानी र चर्को रकम असुल गरी भिजिट भिषामा अवैध तरिकाले रोजगारीको लागि पठाउने क्रम बढिरहेको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै भिजिट भिषा भनेर रोजगारीमा पठाएको र समस्या परेको कारण उजुरीको क्रम बढेको जनाएको छ ।
विभागबाट खटिएको आकस्मिक अनुगमन टोलीले म्यानपावरमा र ट्राभल एण्ड टुर्समा आकस्मिक अनुगमन गर्दा वैदेशिक रोजगारको लागि भिजिट भिषामार्फत व्यक्तिहरु पठाउने गरेको प्रमाण फेला पारेर संलग्न संस्थालाई छानबिन भइरहेको विभागले बताएको छ ।
‘अवैधानिक रुपमा भिजिट भिषाबाट वैदेशिक रोजगार गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई तीस दिन भित्र यथेष्ट प्रमाण सहित रोजगारको लागि भिजिट भिषा मा पठाएको वा पठाउने म्यानपावर वा व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगाना सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन वा विभागको अनुगमन शाखाको इमेलमा मेल गरि उजुरी दिनको लागि अनुरोध गर्दछौं,’ विभागको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
- खासमा तीज के हो, किन मनाइन्छ ? कसरी सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता
- किन पूजिन्छ श्रीकृष्ण, उनको जीवनबाट मानवजातीले के सिक्ने ?
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
प्रतिकृया दिनुहोस