उपनिर्वाचन उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर मंगलबार, २०८१ | ०७:०९:०० मा प्रकाशित

काठमाडौं । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिएका ४०६ जना उम्मेदवारमध्ये २ जना उम्मेदवारविरुद्ध मात्रै उजुरी परेको छ ।
निर्वाचन आयोगका अनुसार रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ५ मा उम्मेदवारी दिएका २ जना वडा अध्यक्ष एक अर्का विरुद्ध आफैले उजुरी दिएका हुन् ।
उक्त वडा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका जसिराम बस्नेत र नेपाली कांग्रेस विरुद्ध उम्मेदवारी दिएका मोतिराम खत्रीले एक अर्काविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
उक्त वडाको रिक्त रहेको वडा अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । यि दुई बाहेक नेकपा (एकीकृत समाजवादी)बाट हंशराज पुरी र बिरबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्म उम्मेदवार विरुद्ध दाबी बिरोध तथा उजुरी दिने कार्यतालिका रहेको थियो । सोमबार दिउसो ३ बजेदेखि नै मंगलबार साँझ ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम निर्णय गरेर मंगलबार साँझ ५ बजेदेखि ६ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
त्यसपछि बुधबार बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय र त्यसे दिन दिउसो १ बजेदेखि ३ बजेसम्म निर्वाच अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस