सरकारद्वारा सिफारिस राजदूतविरुद्ध सार्वजनिक उजुरी आह्वान
- गाउँ सहर संवाददाता
- २९ श्रावण मंगलबार, २०८१ | १४:४७:०० मा प्रकाशित

काठमाडाैं । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ जना राजदुतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।
मंगलबार संसद भवन बानेश्वरमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारबाट भारत, अमेरिका, बेलायत, चीन लगायतका देशका लागि सिफारिस राजदूतको सुनुवाइ प्रक्रिया सुरु गरेको हो।
सरकारले शंकरप्रसाद शर्मा भारत, श्रीकान्त रिजाल अस्ट्रेलिया, नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राडा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेन, सहिल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्राडा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल, रिता धिताल पाकिस्तानका लागि राजदुतमा सिफारिस गरेको थियो।
उनीहरूको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको समिति सभापति पशुपतिशमशेर जबराले बताए।
सुनुवाइका लागि प्रस्ट आधार र सबुत प्रमाणसहित सार्वजनिक उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको उनको भनाइ छ।
मन्त्रिपरिषद्ले सिफारिस गरेका नामहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस