स्वास्थ्य

विश्वभर १ कराेड ९५ लाखमा काेराेना भाइरस सक्रिय, निकाे हुने ४ कराेड ७४ लाख जना

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ९५ लाख ४० हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ७४ लाख ५७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड ८५ लाख ६१ हजार नाघेको छ भने मृतकको संख्या १५ लाख ६२ हजार ८७९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ४४१ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ५५ लाख ९१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ९३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २६ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ९० लाख ८७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६२ लाख ११ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९७ लाख ३५ हजार ९५७ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४१ हजार ३९८ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९२ लाख १४ हजार ८०६ जना निको भएका छन् । सक्रिय केस ३ लाख ७९ हजार जना ७७१ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६६ लाख ७५ हजार जना संक्रमितमध्ये ५८ लाख ५४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७८ हजारभन्दा बढी छन् । हाल ६ लाख ४३ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ४३ हजार ३७७ जना पुगेका छन् भने २ लाख २९ हजार ५४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ६३७ पुगेको छ भने १२ हजार ६८६ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत