समाज

सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गर्ने धरानका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बस्ने सुनसरी बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने विशाल दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दर्जीले एक जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्क विहीन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको जनाएको छ । 

दर्जीलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत