समाज

होटलमा गोली चल्दा एक जना युवक घाइते

बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चल्दा एक जना युवक घाइते भएका छन् । 

बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा गोली चल्दा चार जनामध्ये काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपानेलाई गोली लागेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा आइतबार बिहान नौ बजेतिर सादा पोशाकका दुईजना प्रहरी रेकी गर्न गएका थिए । प्रहरीले चार जना बसेको कोठामा चुकुल लगाइदिएर थप प्रहरी बल बोलाएको थियो । त्यसपछि कोठामा बसेकाहरुले ढोका फोडेर प्रहरीको पेस्तोल खोसेर गोली चलाएको  थिए। सोही क्रममा न्यौपाने घाइते भएको भएका हुन् । 

प्रहरीले होटेलबाट लेकबेंसी नगरपालिका सुर्खेतका भक्तबहादुर थापा र जाजरकोट बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।चारजना मध्येका एक विरेन्द्रबहादुर सिंह भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एउटा खागसमेत बरामद भएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत