प्रेरणा

व्यक्तिलाई भरोसा गर्नुपर्छ, तर धोका हुने आशंका भए जुध्ने तयारी अवश्य गर्नुहोस्

काठमाडौँ । एक अर्काको विश्वासमै जीवन चलेको हुन्छ र अनेकौँ व्यवहार पनि । तर कोहि व्यक्तिमाथि पहिल्यै शंका भए सोबाट उम्कन आन्तरिक तयारी गर्नैपर्छ ।

रामायणबाट विश्वास र धोकाबारे केहि सिकौँ ।

रामायणमा विभीषणले रावणलाई सम्झाए, सीतालाई सकुशल श्रीरामसँग फर्काइदिनु पर्छ । श्रीरामसँग युद्ध गर्दा हाम्रो नै नोक्सानी हुन्छ । यो कुरा सुनेर रावण रिसाए र विभीषणलाई लात मारेर लंकाबाट निकालिदिए ।

विभीषण श्रीरामकोमा पूगे । श्रीराम हरेक काम सबैबाट सल्लाह लिएर गर्दथे । उनले सुग्रीवसँग के गर्नुपर्छ भनेर सोधे ।

सुग्रीवले शत्रुको भाइलाई भरोसा गर्नु हुँदैन भने । साथै बन्दी बनाउनुपर्ने धारणा राखे । त्यसपछि जामवन्त र अंगदले पनि सो कुरा बताए । श्रीरामले पनि यो सहि कुरा भएको बताए ।

सोहि समय हनुमानजी पनि नजिकै थिए । श्रीरामले सबैको सल्लाह सुने र आफ्नो सोचको बारेमा भने, मेरो प्रण यो छ कि कोहि मेरो शरणमा आउँछ, म उसलाई रक्षा गर्छु । यदि विभीषणको कारण भविश्यमा कुनै धोका भए मेरो साथमा लक्ष्मण र हनुमान जस्ता शक्तिशाली साथी छन् । म आफैँ पनि हरेक विपत्तीको सामना गर्नको लागि सक्षम छु । हामीले मिलेर त्यो समस्यालाई हल गर्नु पर्छ ।

श्रीरामले विभीषणलाई शरण दिए र उसलाई लंकाको राजा पनि घोषित गरे । यो देखेर सबै हैरान थिए किनकी राम आफ्नो शत्रुको भाइलाई यतिविघ्न भरोसा किन गरे भनेर ।

गाउँ सहर डेस्क

तपाईँको मत