स्वास्थ्य

कोरोनाकालमा पुरुषमा बढी एक्लोपनाको समस्या, यसरी छुट्कारा पाउन सक्नुहुन्छ

काठमाडाैँ । कोरोनाको समय एक्लोपना ठूलो समस्या बनेर आएको छ । लकडाउनमा पनि घरबाट काम, सामाजिक भेलामा प्रतिबन्ध हुनु तथा घण्टौँ एक्लै घरमा बस्नु यसको प्रमुख कारण हो ।

बजार सामान्य खुलेपनि दैनिकी असहज हुँदा सुरक्षा र उपचारलाई लिएर थप समस्याहरू झेल्नु परेकाे छ । पुरुषमा यो तरिकाको समस्या धेरै आएका छन् । चिडचिडापन, रिस र आत्महत्याका घटना बढेका छन् ।

मनोविद् डा. नरेन्द्र ठगुन्नाका अनुसार, काेराेनाकालमा पुरुषमा पहिलेको तुलनामा बढी दवाब आएको छ, जसले मानसिक समस्या र एक्लोपना बढाएको छ ।

पुरुष, महिलाको तुलनामा मानसिक समस्यालाई लिएर कम गम्भीर हुन्छन् । उनीहरु डिप्रेसनको समस्यासँग जुध्छन र त्यसलाई नजरअन्दाज गर्दछन् । अमेरिकामा भएको एक अध्ययनका अनुसार, महिला र पुरुषमा डिप्रेसनको समस्या एउटै जस्तो छ ।

ब्रिटेन मेन्टल हेल्थ अवेरनेश अर्गनाइजेशनले २०१५ मा १००० पुरुषमा सर्वेक्षण गरेको थियो । जसमा ७७ प्रतिशत पुरुषमा डिप्रेसनको समस्या थियो । जसमा ४० प्रतिशतले एक्लोपनाको कारण उनीहरुको काम, अभिभावकत्व तथा सम्बन्धमा असर पुगिरहेको थियो । उनीहरुमा आत्महत्याको विचार आइरहेको थियो ।

एक्लोपना अनुभूति हो । यो समय कुनैपनि व्यक्ति दुखी महशुष गर्दछन् । उनीहरु समूहमा नरहेर एक्लो बस्न रुचाउँछन् । कुनैपनि काममा मन नलाग्नु, चिडचिडापन र रिसको भावना यो समय आउने गर्दछ ।

यस्तो समस्याबाट बच्नको लागि पुरुषले कि त भावनात्मक सुरक्षा बनाउन सक्नुपर्छ । छलफल गर्ने तथा कुराहरु साझा गर्ने गर्दा मानसिक शान्ति हुने गर्दछ । साथी र नातेदार जो पनि समूहमा राख्न सकिन्छ । यसरी काम गर्दा एक्लोपना दूर हुन सक्दछ ।

साथै साना कुरामा नराम्रो नमान्ने, ध्यान गर्ने, चिकित्सकको सल्लाह लिने, मनपरेको काम गर्ने, मानसिक रुपमा स्वस्थ रहने, अनलाइन समुदाय बनाउने, कुनैपनि किसिमको तनाव नलिने र जहिल्यै सकारात्मक सोच्नुपर्ने मनाेविद् डा. ठगुन्ना बताउँछन् । 

गाउँ सहर डेस्क

तपाईँको मत