स्वास्थ्य

हालसम्म विश्वभर काेराेना संक्रमित ६ करोड ६२ लाख, १५ लाख २४ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ८८ लाख ९२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ५८ लाख ११ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड ६२ लाख २८ हजार नाघेको छ भने मृतकको संख्या १५ लाख २४ हजार ३४८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार १३५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ४७ लाख ७२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ८५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २६ हजार १५३ को अवस्था गम्भीर छ । अहिलेसम्म ८६ लाख ५८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५८ लाख २८ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९६ लाख ८ हजार ४१८ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३९ हजार ७३६ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९० लाख ५८ हजार ३ जना निको भएका छन् । सक्रिय केस ४ लाख १० हजार जना ६७९ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६५ लाख ३४ हजार जना संक्रमितमध्ये ५७ लाख ४४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७५ हजारभन्दा बढी छन् । हाल ६ लाख १५ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ३८ हजार ८६१ जना पुगेका छन् भने २ लाख २१ हजार ८४७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ५६७ पुगेको छ भने १५ हजार ४४७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत