समाज

 ५० हजार नगद सहित दुई युवक पक्राउ

काठमाडौं । माईक्रोबसमा पकेट मार्ने दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामा रहेका छन् । उनीहरुलाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको जनाएको छ । गठ्ठाघर बस्ने यमनाथ पौडेलले प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेपछि प्रहरीले पाकेटमार विरुद्ध खोजी कार्य थालेको थियो । 

भक्तपुरबाट काठमाडौंको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मारेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग बालकोटका प्रनानि (सई) प्रकाश बगालेको कमाण्ड टोलीले उनीहरुको साथबाट पकेट मारेको ५० हजार नगद बरामद गरेको छ ।  पक्राउ परेकामध्ये सिन्धुपाल्चोक घर भएका २७ वर्षीय सन्तोष लामा यसअघि चोरी मुद्धामा जेल बसेर निस्केको प्रहरीले जनाएको छ । 

यस सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत