गाउँ सहर

महिला हत्या अभियोगमा युवकलाई जन्मकैदको फैसला

गाईघाट । हत्या अभियोगमा एक जना युवकलाई जन्मकैद सजाय हुने भएको छ । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको अभियोगमा जन्मकैद सजाय र रु १ लाख जरिवाना गर्ने फैसला गरेको हो ।

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैदं) जेल सजाय र रु एक १ क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको जनाएको छ । 

गत भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई असोज २१ गते पक्राउ गरी  मुद्दा चलाइएको अदालतले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत