स्वास्थ्य

कोरोना संक्रमितले हिटर र पंखा नचलााउनु :  स्वास्थ्य सेवा विभाग 

काठमाडौँ । कोरोना संक्रमितलाई हिटर र पंखा नचलााउन स्वास्थ्य सेवा विभागले  सुझाव दिएको छ । पंखा चलाउँदा वा हिटर बाल्दा कोठाभित्र भएको हावा पुनः कोठाभित्रै घुमिरहने भन्दै त्यसो नगर्न विभागले सुझाव दिएको हो। साथै, कोठामा बस्दा एयर कन्डिसनको समेत प्रयोग नगर्न भनेको छ। 

वैज्ञानिक अध्ययनहरूले कोभिड १९ को संक्रमण हावाबाट समेत सर्नसक्ने सम्भावना देखाएको भन्दै विभागको संक्रमितलाई उक्त कुराप्रति सचेत रहन आग्रह गरेको छ । जाडोको समयमा मानिसहरूले हिटर बाल्ने वा एसी चलाउने हुँदा त्यसले संक्रमण जोखिम यथावत् रहने भन्दै विभागले सतकर्ता अपनाउन आग्रह गरेको छ ।

विभागले होमआइसोलेसनमा बस्दा संक्रमितले केके कुरा ख्याल गर्ने सम्बन्धी निर्देशिका जारी समेत गरेको छ। संक्रमित व्यक्तिले प्रयोग गरेका कपडा तथा बेडसेट तथा  धुनका लागि तयारी कपडाहरु नटक्टक्याइ झोलामा राखेर बन्द गर्ने र कोठालाई निसंक्रमण गर्ने भन्दै क्लोरिन पानी नछर्कन सुझाव दिएको छ ।

विभागले धेरै व्यक्तिहरूले छोइरहनुपर्ने ढोका, चुकुल, रिमोट, मोबाइल, ट्वाइलेटको फ्लस संक्रमित व्यक्तिले छोएको खण्डमा त्यस्ता सामग्री छुनासाथ तुरून्तै साबुनपानीले हात धुने वा स्यानिटाइजरले सफा गर्न विभागले सुझाव दिएको हो ।

गाउँ सहर डेस्क

तपाईँको मत