अर्थतन्त्र

माउन्टेन इनर्जी नेपालको आईपीओ बाँडफाँड सकियो

काठमाडौँ ।  माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्राथमिक निष्काशन (आईपीओ) आज ( बुधबार) बाँडफाड भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे आईपीओ बाँडफाँड गरिएको कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।

कम्पनीले गत कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।

नबिल इन्भेष्टमेन्टका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३ हजार २६ जनाले (जुन कूल आवेदकको २८ प्रतिशत हों)  मात्र शेयर पाएका छन् ।

 आवेदन दिएका कुल ६ लाख ५१ हजार ५७५ जनामध्ये १ लाख ८३ हजार २६ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो । बाँकी ५ कित्ता शेयर आईपीओ पाएका १ लाख ८३ हजार २६ जनामध्ये पाँच जनालाई थप एक एक कित्ता गरी कुल ११ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

 एक लाख ८३ हजार २१ जना आवेदकले गोलाप्रथाबाट १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकी ४ लाख ६८ हजार ५४९ जना (७२ प्रतिशत आवेदक) को हात खाली भएको छ ।  आईपीओामा कुल ६ लाख ५३ हजार २९१ जना आवेदकले आवेदन दिएकामध्ये १ हजार ७१६ वटा आवेदन रद्ध भएका थिए ।

कम्पनीले माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा ७.६१ गुणा धेरै आवेदन परेको थियो । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता  शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत