अर्थतन्त्र

नेपाल राष्ट्र बैंकले बोलकबोलबाट ५० अर्ब निक्षेप संकलन गर्ने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्ने भएको हो । केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ ।

बैंकको सूचनामा बोलकबोल बहुव्याजदरमा पनि गर्न सकिने उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । घटीमा रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।

केन्द्रीय बैंकले उक्त बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितो सम्बन्धी व्यवस्था गरेको छ । निक्षेप संकलनको बोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान व्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्काशित रकम भन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड गरिनेछ । निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदर सहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातामा जम्मा गर्नुपर्नेछ ।

केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो । बैंकले सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्ने भएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत