स्वास्थ्य

विश्वभर १ कराेड ८२ लाख जना काेराेना संक्रमितमध्ये १ लाख ६ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ८२ लाख ६४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ४४ लाख ३७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड ४१ लाख ८८ हजार नाघेको छ भने मृतकको संख्या १४ लाख ८६ हजार ६०९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ३० जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ४१ लाख ८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ७६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २५ हजार ७२२ को अवस्था गम्भीर छ । अहिलेसम्म ८३ लाख ३३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५४ लाख ९८ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९४ लाख ९९ हजार ७१० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३८ हजार १५९ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८९ लाख ३१ हजार ७९८ जना निको भएका छन् । सक्रिय केस ४ लाख २९ हजार जना ७५३ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६३ लाख ८८ हजार जना संक्रमितमध्ये ५६ लाख ५६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७३ हजारभन्दा बढी छन् । हाल ५ लाख ५८ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ३३ हजार ४५२ जना पुगेका छन् भने २ लाख १६ हजार ५९४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ५२९ पुगेको छ भने १५ हजार ३२९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत