गाउँ सहर

ट्राफिक आइल्याण्डमा ठोक्किँदा चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्राफिक आइल्याण्डमा ठोक्किँदा  स्कुटर चालकको ज्यान गएको हो ।

बा ७३प ३८२ नम्बरको स्कुटर सोमबार मध्यराति दुर्घटना भएको थियो ।मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका(९ राधेराधेका २९ वर्षीय राजु तामाङ रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट काठमाडौं जाँदै गरेको स्कुटर मध्यपुर ठिमी चार एसएस चोकनजिक सोमबार राति साढे ११ बजे अनियन्त्रित भई ट्राफिक आइल्याण्डमा ठोक्किएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई मध्यपुर अस्पतालमा सामान्य उपचारपछि नर्भिक अस्पताल लगिएको थियो। नर्भिक पुर्‍याउँदा डाक्टरले तामाङलाई मृत घोषणा गरेको हो ।  

गाउँ सहर डेस्क

तपाईँको मत